कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा परी ना ६ ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ फागुन २०७७, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु