काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दोहोर्याउँदै आएका छन्। उनले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। दुई सयभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ।
प्रधानमन्त्री ओलीले सोमबार आफूमाथि शारीरिक हमला हुनसक्ने बताए। पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरूमाथि सम्पूर्ण रूपले प्रहार हुँदै आएको भन्दै शारीरिक हमला हुनसक्ने दाबी गरेका हुन्।
नेपाली सेनाको हेलिकोप्टर र यती एयरलाइन्सको विमान चार्टर गरेर कार्यकर्ता भेलामा हिँडिरहेका ओलीले व्यक्तिगत रूपमा शारीरिक हमला हुनसक्ने बताएका हुन्।
गृह मन्त्रालयले जारी गरेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार प्रधानमन्त्रीको सुरक्षामा सेनाका एक सय ७५, सशस्त्रका २८, नेपाल प्रहरीका ८२ र राष्ट्रिय अनुसन्धानका १० जना हुनुपर्नेमा प्रहरीका डिएसपीको कमान्डमा १०० जना र सशस्त्र प्रहरीका डिएसपीको कमान्डमा ४५ जना खटिएका छन्।
अहिले नेपाल प्रहरीको कमान्ड डिएसपी राजन लिम्बूले गरिरहेका छन्। नेपाल प्रहरीको उच्च स्रोतका अनुसार उनलाई कुनै पनि प्रकारको सुरक्षा थ्रेट छैन।नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाने
अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा रहनुहोस्: प्रधानमन्त्री ओली
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री ओली
नेपाल र चीनबिचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री ओली