काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आज बसेको सचिवालय बैठकले पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
बैठक २०७७ फागुन १९ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने र सम्पुर्ण सदस्यहरुलाई सक्कल नागरिकता र पार्टीको परिचयपत्र सहित अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको केन्द्रिय कार्यालयका सचिव श्रीराम ढकालले जनाएका छन् ।
सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा अधिवेशनमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर बैठकको मिति भने तय नभइसकेको उनले बताए । विकसित पछिल्ला घटनाक्रमहरुबारे छलफल गर्न दुवै कमिटिका बैठक डाक्ने निर्णय सचिवालय बैठकले गरेको हो।
पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा बुझाएको निवेदनबारे यथाशीघ्र निर्णय लिन समेत सचिवालय बैठकले आग्रह गरेको छ । यसअघि प्रचण्ड–नेपाल समूहले गरेका निर्णयलाई समेत आयोगले अभिलेखीकरण गरेको थिएन ।
सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्न सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ फागुन २०७७, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग