कतारमा कामदार लैजान अब मागपत्रमै सेवा शुल्क स्पष्ट हुनुपर्ने

पत्रपत्रिकाबाट

सोमबार, १७ फागुन २०७७, ०७ : ३५
कतारमा कामदार लैजान अब मागपत्रमै सेवा शुल्क स्पष्ट हुनुपर्ने

काठमाडौं । कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क मागपत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लख गर्ने गरेको थियो । 

नेपाली दूतावासका अनुसार मागपत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन । ‘यसलाई दूतावासले फागुन १७ देखि नै कार्यान्वयन गर्नेछ’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘सेवा शुल्कसम्बन्धी प्रतिवद्वता नभएको मागपत्र प्रमाणीकरण गरिनेछैन ।’ कान्तिपुरमा खबर छ ।