कैलालीमा ग्रेडरको ठक्करबाट एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, ११ : ५९
कैलालीमा  ग्रेडरको ठक्करबाट एक पुरुषको मृत्यु

धनगढी । कैलालीको चुरे गाउँपालिका–१ बजारीमा ग्रेडरले ठक्कर दिदा एकजना पुरुषको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चुरे गाउँपालिका–१ बजारीका ४६ वर्षीय लक्ष्मण छेलाल रहेका छन्।  बा २ क २१३५ नम्बरको ग्रेडरले ठक्कर दिएको थियो।

उनलाई उपचारका लागि धनगढी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

ठक्कर दिने ग्रेडर र चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस