काठमाडौं । रोकिएको निर्वाचन खर्च आठ करोडभन्दा बढी भएको निर्वाचन आयोगले जनाएको छ । अर्थमन्त्रालयबाट प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब, सात करोड, ९० लाख ८० हजार बजेट सुनिश्चिता भई केही रकम पनि निकासा भएको थियो ।
आयोगले प्राप्त रकममध्ये ७७ जिल्ला निर्वाचन कार्यालयलाई उपकारण, सवारीसाधन मर्मत, इन्धन, बिजुलीलगायतका शीर्षकमा रु चार करोड, १७ लाख ९० लाख पठाएको थियो । आयोग केन्द्रीय कार्यालयमा पनि उपकरण मर्मत, सवारीसाधन मर्मतलगायत प्रशासनिक र सचिवालयका काममा यकीन नभए पनि जिल्लामा पठाएकै बराबर खर्च भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ फागुन २०७७, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने