पूर्वमन्त्री जोशीको स्वास्थ्यमा सामान्य सुधार

सफल खबर संवाददाता

शनिबार, १५ फागुन २०७७, १४ : २६
पूर्वमन्त्री जोशीको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । नर्भिक अस्पतालका न्युरोसर्जन डा। राजीव झाले शुक्रबारको तुलनामा जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको जानकारी दिए । 

जोशीको उपचारमा संलग्न डा। झाका अनुसार शनिबार बिहानदेखि जोशीका दायाँ हातखुट्टा अलि अलि चलाउन थालेका छन्।
 

प्रतिक्रिया दिनुहोस