काठमाडौं । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले आगामी दुई वर्षभित्र नगरका सम्पूर्ण ग्रामीण क्षेत्रका मूलबाटो कालोपत्र गर्ने कार्य सम्पन्न हुने बताउनुभएको छ ।
इटहरी–४ को वडा कार्यालय भवनको आज शिल्यान्यास गर्दै उहाँले बहुवर्षीय सडक योजनाअन्तर्गत गाउँका मूलबाटो पाँच वटा कालोपत्र भइसकेका र अन्य योजनामा काम भइरहेको जानकारी दिनुभयो । प्रमुख चौधरीले ग्रामीण जनतालाई उपमहानगरवासी भएको अनुभूति गराउन बाटो निर्माण कार्यलाई तीव्रता दिएको बताउँदै सत्तारुढ नेकपामा देखिएको विग्रहले नगरको विकासमा कुनै प्रभाव नपार्ने धारणा राख्नुभयो ।
उपप्रमुख लक्ष्मी गौतमले नगरमा हुने विकास निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नहुने बताउँदै नगरवासीलाई आफ्नै भवनबाट सेवा प्रदान गर्न वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिइएको जानकारी गराउनुभयो ।
उक्त वडा कार्यालय भवन रु ८६ लाख ४४ हजार ४४४ को लागतमा निर्माण हुनेछ । वडाध्यक्ष चन्द्र भट्टराई र उपमहानगरका इञ्जिनीयर जीवन घिमिरेले नगरका आठ वटा वडा कार्यालयको निर्माण सम्पन्न भइसकेको छ भने यस आर्थिक वर्षमा आठ वटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । चार वटा वडा कार्यालय भवनको आगामी आर्थिक वर्षमा निर्माण गरिने नगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १२ फागुन २०७७, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु
कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि…
फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै
धमाधम कालोपत्र गरिँदै रिडी–तम्घास सडक
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै