१०२ अर्ब ७८ करोड शब्दहरु भएको संस्कृत भाषामा कम्प्युटर आउदै

एजेन्सी

शुक्रबार, ०९ चैत्र २०७४, १३ : ३०
१०२ अर्ब ७८ करोड शब्दहरु भएको संस्कृत भाषामा कम्प्युटर आउदै

 

              संस्कृत भाषा सिक्नुस् मधुमेह तथा उच्चरक्तचापको जोखिमबाट बच्नुस्
नेपालमा माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुगेका वेला संस्कृतको पठनपाठन हुने विद्यालय तथा विश्वविद्यालयमा सो पार्टीले विभिन्न खाले आक्रमण गर्यो । पाठ्यक्रममा समावेश गरिएका पाठ्यपुस्तक जलाउने, विद्यालयका पुस्तकालयहरू ध्वस्त पार्ने मात्र नभई संस्कृत पढाउने शिक्षकहरूको हत्या गर्नेसम्मको आक्रमण सस्कृतक्षेत्रले बेहोर्नुपर्यो ।

तर, एक अध्ययनअनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलाई ब्लडप्रेसर, मधुमेह, कोलेस्ट्रोलजस्ता रोगबाट मुक्ति मिल्ने तथ्य उजागर भएको छ । अमेरिकन हिन्दू युनिभर्सिटीले गरेको अध्ययनले संस्कृत भाषाको प्रयोगले मानव शरीरका तन्त्रिका तन्त्र सक्रिय हुन गई सकारात्मक ऊर्जा प्रवाह गर्ने कुरा पत्ता लागेको छ ।

नेपालमा पश्चिमी संस्कृतिले जालो फैलाइरहँदा नेपालको आफ्नै माटोको बहुउपयोगी संस्कृत भाषा भने उपेक्षित बन्न पुगेको छ । पश्चिमा मुलुकहरूले संस्कृतमा भएका अमूल्य निधिको खोजी गरेर त्यसको उपयोगमा लागिरहँदा नेपालीहरू भने यसलाई ‘मृत भाषा’को संज्ञा दिँदै त्यसबाट टाढिन उद्यत देखिन्छन् ।

संस्कृत सबै भाषाहरूको जननी भाषा मात्र नभई अब यो भाषा साँच्चिकै अमृत भाषा भएको पुष्टि भएको छ । देववाणी, गीर्वाणवाणी, सुरभारती आदि नामको पर्याय संस्कृत भाषा महाभारत (नेपाल र भारत)को पुरानो आधिकारिक भाषा हो ।

संसारका प्रचलित भाषामध्ये संस्कृत भाषामा सबैभन्दा बढी शब्दहरू छन् । संस्कृत भाषाको शब्दकोशमा १०२ अर्ब ७८ करोड ५० लाख शब्दहरू समाविष्ट छन् । संस्कृतमा अर्थशास्त्र, गणित, आयुर्वेद, खगोलशास्त्र, ज्योतिष, योग दर्शनलगायत बहुउपयोगी विषयको अध्ययन हुन्छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हो । फोब्र्स म्यागाजिनले जुलाई १९८७ को अंकमा संस्कृत भाषालाई कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेको थियो । स्पिच थेरापीमा संस्कृत सहयोगी सिद्ध हुनाका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयोगी भाषा हो । संस्कृत मात्रै एउटा यस्तो भाषा हो, जुन बोल्दा जिब्राका सबै मांशपेशीहरूको उपयोग हुन्छ ।

नासाका वैज्ञानिकका अनुसार जब उनीहरू अन्तरिक्ष ट्राभलर्सलाई सन्देश पठाउँदा अरू जुनसुकै भाषाका वाक्य उल्टिनाले अर्थको अनर्थ लाग्ने, तर संस्कृतको भने वाक्य उल्टे पनि अर्थ नबदलिने विशेषता रहेको छ । २०औँ शताब्दीका सर्वाधिक विशिष्ट वैज्ञानिक अल्बर्ट आइन्सटाइन्ले हिन्दू शास्त्र (जुन संस्कृतमा लेखिएका छन्)ले आविष्कार गरेको गणित नभएको भए संसारका कुनै पनि आविष्कार सम्भव नहुने बताएका थिए । कम्प्युटरबाट गणितको हल गर्ने विधि संस्कृतमा नै बनेकाले पनि आइन्सटाइनको भनाइ पुष्टि हुन्छ ।

जर्मनीका १४ विश्वविद्यालयहरूमा पढाइने संस्कृत भाषालाई युरोपेली लगायत १७ भन्दा बढी देशले प्राविधिक शिक्षाका रूपमा पढाइरहेका छन् । त्यतिमात्र नभई नासाले छैटौँ र सातौँ जेनेरेसनका कम्प्युटरमा संस्कृत भाषालाई समावेश गर्न लागेको छ । ती कम्प्युटर सन् २०३४ सम्ममा बजारमा आइपुग्ने बताइएको छ ।

संस्कृतमा भएको ‘ॐ’ शब्दको सही ढंगले उच्चारण गर्दा मात्रै पनि कैयौँ रोगहरूबाट मुक्ति पाउन सकिन्छ । ‘अ’, ‘उ’ र ‘म’ तीन अक्षर मिलेर बनेको ‘ॐ’ले ब्रह्मा, विष्णु र महेश्वरलाई जनाउँछ ।

प्रतिक्रिया दिनुहोस