काठमाडौँ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला जनताको जित भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्चले मंगलबार बदर गरिदिएपछि प्रवक्ता शर्माले अधिनायक आकांक्षालाई समेत बदर गरेको उल्लेख गरेका छन् । उनले फैसला सुनाउने न्यायाधीशहरुलाई सलाम भनेका छन् ।
प्रवक्ता शर्माले भनेका छन्, ‘न्यायमूर्तिहरुलाई लाख लाख सलाम ! संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो, फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ िसंविधान रक्षा गर्दै जनताको जित भएको छ ।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)