आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, ०८ : २०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार पश्चिम र पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । अहिले देशका केही पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको हो ।

यस्तै राति देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस