काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि सोमबार पानी छोडिएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनास्थल मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरे । साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्न १५ देखि २० दिन लाग्ने छ ।
परिक्षण सफल भएमा अवको तीन महिनामा काठमाडौंबासिले मेलम्चीको पानी खान पाउनेछन् । सो अवसरमा खानेपानी मन्त्री थापाले सुरुङमा पानी पठाउने काम सफल भएपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने काम हुने बताए ।
त्यसपछि दुई देखि तीन महिनामा उपत्यकाबासिका लागि पानी वितरण गरिने बताए ।शुरुवाती चरण भएकोले अहिले सुरुङको क्षमता भन्दा कम पानी छाडिने आयोजनाले बताएको छ । आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटर सम्म पानी पठाउने काम भएको बताए ।
सुरुङमा १३ करोड लिटर पानी भरेपछि १० दिन सम्म परीक्षणका लागि राखिने र त्यसपछि पुनः एकपटक सुरुङ खाली गरेर जाँच गरिने बताए ।मेलम्चीको पानी सुन्दरीजलमा तयार गरिएको दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाईने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ ।
गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
त्यसपछि एसियाली विकास बैंकको अनुदान सहयोगमा सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी, सरकारी कार्यालयमा डुबान
मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौँमा बाह्रै महिना पानी आउने
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो