युनाइटेड दोस्रो स्थानमा

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, १२ : ११
युनाइटेड दोस्रो स्थानमा

काठमाडौं । म्यानचेष्टर युनाइटेड पुन प्रिमियर लिगको दोस्रो स्थानमै पर्किएको छ ।आइतबार राति भएको खेलमा नयूकासल युनाइटेडलाई ३,१ ले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लेको हो ।

त्यसअघि लेस्टर सिटी एस्टन भिल्लालाई २,१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो ।तर न्युकासलविरुद्ध जितपछि युनाइटेड र लेस्टरले समान ४९ अंक जोडे पनि गोलअन्तरमा युनाइटेड अघि रहेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि मार्कुस रासफोर्डले ३०औं, ड्यानिएल जेम्सले ५७औं र ब्रुनो फर्नान्डेजले ७५औं मिनटमा गोल गरे । न्युकासलका लागि एलान सेन्ट म्याक्सिमले ३६औं मिनेटमा एक गोल गरे।

प्रतिक्रिया दिनुहोस