नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी

पत्रपत्रिकाबाट

आइतबार, ०९ फागुन २०७७, ०६ : ४६
नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन्। सरकारमा रहे पनि उनले आफूलाई स्वतन्त्र भन्ने गरेका छन्।

स्रोतका अनुसार त्रिपाठीको समूहले अहिले सर्वोच्चको निर्णय कुरेर बसेको छ। सर्वोच्चले चुनावको पक्षमा निर्णय गर्‍यो भने तत्काल नयाँ पार्टीको घोषणा हुन्छ। पुनःस्थापना गर्‍यो भने केही समय लम्बिन सक्छ।  

त्रिपाठीको समूहमा एक प्रतिनिधिसभा सदस्य, दुईजना प्रदेशसभा सदस्य तथा ईश्वरदयाल मिश्र, पशुपतिदयाल मिश्रलगायत छन्। उनीहरूलाई समेटेर उनले पहिल्यै स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन्। स्वतन्त्र राजनीतिक समूहको सम्पर्क कार्यालयसमेत खोलिएको छ।

यसको कार्यालय बानेश्वर थापा गाउँमा राखिएको छ। त्रिपाठीलाई प्रतिनिधिसभा सदस्य ब्रिजेश गुप्ता तथा प्रदेशसभा सदस्य धर्म श्रीवास्तव र अजय शाहीले साथ दिएका छन्। यो समूहका नेताहरूले २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सूर्य चिह्न लिएर उम्मेदवारी दिएका थिए।  

ओली सरकारमा मन्त्री हुनुअघि त्रिपाठीले काठमाडौंमा स्वतन्त्र राजनीतिक समूहको भेला गरेका थिए। त्यसबेला उनले आफू पार्टी खोल्ने तयारीमा लागेको घोषणा गरेका थिए।

नयाँ पार्टी खोल्ने या नेपाल कम्युनिस्ट पार्टीसँग आफ्नो समूहलाई एकीकरण गर्ने घोषणा त्यसबेला उनले गरेका थिए। नगरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस