विराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, १३ : २८
विराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले जनसभाको आयोजना गरेको छ । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका छन् । 

प्रधानमन्त्री ओली विराटनगर एयरपोर्टमा ओर्लिएपछि नेकपा प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले एययरपोर्ट मोडमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओली पक्षधर नेकपाले विराटनगरमा आयोजना गरेको यो आमसभामा १ लाख ३६ हजारभन्दा बढी सर्वसाधारण सहभागी हुने नेकपा ओली समूहका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले दाबी गरे । आज हुन लागेको कार्यक्रममा सरकारी कोष प्रयोग नभएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस