आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, ०८ : १८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारपहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने  जनाएको छ ।

अहिले देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो । यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस