अन्ततः भागरथीका आफन्तले बुझे शव

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १५ : ४४
अन्ततः भागरथीका आफन्तले बुझे शव

बैतडी । बैतडीको  दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ चडेपानीकी भागरथी भट्टको शव अन्ततः परिवारले बुझेका छन् । माघ २२ गते पालिकाकै वडा नम्बर ७ को खोचलेक चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वनमाराको झारीका उनको शव भेटिएको थियो । २४ गते शवको पोस्टमाटर्म भए पनि घट्नाका दोषी पत्ता नलागुन्जेल शव नउठाउने भन्दै अस्पतालमै रहेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको भन्दै उनकै भाइ नाता पर्ने छिमेकी १६ वर्षका एक किशोरलाई सार्वजनिक गरे पनि परिवारले विश्वास मानेका थिएनन् । आफन्त भएकैले यो घटनामा अरूको पनि स‌ंलग्नता भएको आशंका गर्दै परिवारले बिहीबारसम्म पनि शव बुझेका थिएनन् ।

पीडित परिवारका सदस्यसँग समेत अभियुक्तले बलात्कारपछि हत्या गरेको बताएपछि आफन्तले शव उठाएका हुन् ।
प्रहरीका अनुसार परिवार सहमत भएपछि १५ दिनपछि भट्टको शव उठाइएको छ । पारिवारिक रिसिइबीको बद्ला लिन हत्या गरेको अभियुक्तले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस