सिटिजन्स बैंक र पेलेस एप्स बीच विशेष छुट सम्बन्धी समझदारी

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १५ : ४३
सिटिजन्स बैंक र पेलेस एप्स बीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् । 

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस