प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर किन थर्काए टोपबहादुर रायमाझीलाई ?

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १० : ३१
प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर किन थर्काए टोपबहादुर रायमाझीलाई ?

काठमाडौं । कुलमान घिसिङले बसालेको थिति र विधि भत्काउदै अहिले नेपाल विद्युत् प्राधिकरण बालुवाटारको योजनामा काम हुन थालेको छ । प्राधिकरण सञ्चालक समितिमा प्रतिगमनकारी समूह पूर्ण रुपमा अल्मतमा परेपछि विभागीय मन्त्री टोपबहादुर रायमाझीलाई समेत थाहै नदिई आजकल बालुवाटारको निर्णय हावी हुन थालेको छ ।

पछिल्लो पटक प्राधिकरण सञ्चालक समितिले लोडसेडिङको समयमा उद्योगी, व्यवसायीले प्रयोग गरेको डेडिकेटड र ट्रंक लाइनको महसुल उठाउने निर्णय ग¥यो । लामो समयदेखि गुजुल्टिएको डेडिकेटड र ट्रंक लाइनको महसुल किस्ताबन्दीमा तिर्दा पनि हुने भन्ने प्राधिकरण सञ्चालक समितिको निर्णय रहेको छ । निर्णय गरेर बाहिर निस्कदा ननिस्कदै विभागीय मन्त्री समेत रहेका सञ्चालक समितिका अध्यक्ष टोपबहादुर रायमाझीलाई बालुवाटारबाट फोन आयो । फोनमा भनियो, म विष्णु रिमाल बोलेको, प्रधानमन्त्रीले भेटन खोज्नु भएको छ ।  उनले प्राधिकरण सञ्चालक समितिले गरेको निर्णय आफूलाई समेत चित्त नबुझेको र आफूले प्रधानमन्त्रीलाई समेत त्यसबारेमा जानकारी गराएको रिमालले फोनमा नै रायमाझीलाई भने । उनले तत्काल मन्त्रीज्यूलाई प्रधानमन्त्रीले भेट्न खोज्नु भएको छ भन्ने रिमालले सुनाए ।

पटक पटक पत्रकार सम्मेलनमा नै दिउँसै लड्काइयो भन्ने मन्त्री रायमाझी त्यसदिन पनि साँझमै लड्काउने भन्दै बसेका थिए । मन्त्री क्वाटर पुल्चोकमा रहेको उनले पाएको घरमा सहयोगीले पाँच किलो बोइलर कुखुरो पनि ल्याएका थिए । दिउँसै लड्काउने बानी भएका रायमाझी पनि त्यसदिन मुडमा थिए । तर, बालुवाटारबाट विष्णु रिमालको फोन आएपछि भात भान्छा नै छाडेर उनी बालुवाटारतर्फ दौडिए । उनको सुरक्षामा खटिएका प्रहरी तथा नेपाली सेनाका कर्मचारी समेत सँगै दौडिए । अधिकांश सुरक्षाकर्मी समेत आउट डे«समा नै थिए । मन्त्री बालुवाटार भन्दै हिँडेपछि उनीहरु पनि जुन जुन अवस्थामा थिए, सोही अवस्थामा नै दौडिए । रातको झण्डै ९ बज्न लागेको बेला उनी बालुवाटार पुगे । प्रधानमन्त्रीको प्रतिक्षालयमा रहेका रिमालले टोपबहादुरलाई देख्ने बित्तिकै सोध, उद्योगीलाई किन डेडिकेटड र ट्रंक लाइनको महसुल उठाउन बाध्य बनाउन खोजेको ?

यस्तो हावादारी निर्णय गर्ने आँट कहाँबाट आयो, मन्त्रीज्यूलाई भन्दै हप्काए । रिमाल बोलीरहेको बेला नै प्रधानमन्त्रीका सहयोगी समेत रहेका राजेश बज्राचार्य आइपुगे । उनले समेत प्राधिकरणका कार्यकारी निर्देशकको असहमतिका बीच यस्तो बेलामा किन निर्णय गरेको भन्दै थर्काए । होइन, होइन मिलाएर नै गरिएको छ । केही समस्या भएको भए पुनः बैठक बसेर सच्याउला नि भन्दै उनी प्रधानमन्त्रीको कोठामा छिरे । ओली आफ्ना गुटका केही कार्यकर्तासँग गफिदै थिए ।  बालुवाटार स्रोतका अनुसार जब प्रधानमन्त्री ओलीले टोपबहादुरलाई देखे । तब उनले भने, जे मन लाग्यो, त्यही निर्णय गर्ने, चुनावका लागि पैसा चाहिन्छ, उद्योगी व्यवसायीलाई किन डेडिकेटड र ट्रंक लाइनको महसुलको विषय उठाएर भड्काउन खोजेको भन्दै तत्काल निर्णय सच्याउन ओलीले निर्देशनात्मक शैलीमा टोपबहादुरलाई थर्काए । रायमाझी बोल्न खोज्दै थिए । ओलीले रोके र भने ‘जता पनि निहुँ खोज्ने काम गरेको छ ।

कहिले २०० जनालाई केन्द्रीय कमिटी सदस्य बनाउन भनेको छ । कहिले डेडिकेटड र ट्रंक लाइनको महसुलको विवादमा अनावश्यक चासो राखेको छ । किन यस्तो गरेको ? मन्त्री हुन मन छ कि छैन । छैन भने तत्काल राजीनामा दिएर जता मन लागेको छ । त्यतै जानु । होइन भने मेरो पारो तताउने काम नगर ।’ जनकारहरुका अनुसार साहिल अग्रवाल सतिशकुमार मोर, पशुपति मुरारका लगायतका व्यापारीले बालुवाटारमा राम्रै रजगज गराएका छन् । विष्णु रिमाल र राजेश बज्राचार्यको योजना अनुसार नै आलकल प्राधिकरणमा काम हुन थालेको छ । कुलमानको पुनः नियुक्तिमा प्रतिस्पर्धाको  काइते तर्क गर्ने उनै ओली थिए । पछिल्लो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनाइएका हितेन्द्रदेव शाक्य समेत पद जोगाउनका लागि भए नभएका सबै विवरण समेत बालुवाटार पु¥याउन खप्पिस भइसकेका छन् ।

जानकारहरुका अनुसार अमेरिकी डिजाइनमा नै हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको हो । मन्त्रीले भनेका नभनेका सबै कुरा आजकल सोझै बालुवाटार पुग्छ । झण्डै १ खर्बको स्रोत परिचालन गर्ने प्राधिकरणमा ओली गुटले आँखा लगाएको छ । रिमाल र बज्रचार्यले भनेको बाहेक अरु काम हितेन्द्रदेवले गर्न छाडेका छन् । प्राधिकरण भित्र काबिल इन्जिनियर समेत भनेर चिनिएका हितेन्द्रदेव समेत सालोको साइनो लगाउँदै ओलीको गिरोहमा सामेल भएका छन् । सालो हुन खासमा सात पुस्ताले नभेटेपनि पदका लागि हितेन्द्रदेवले ओलीलाई भिनाजु भन्ने गरेको प्राधिकरणको उच्च स्रोतको दाबी छ । 

ओलीले टोपबहादुरलाई बस समेत नभनी, नराम्ररी गाली गरे, त्यसदिन । ‘मनलाग्दी निर्णय गर्ने होइन । मन्त्रीबाट नै हटाइदिऊला नि ? काम गर्ने मन भए मैले र मेरा सहयोगीले भने अनुसार नै गर्नु ’ ओलीले रायमाझीलाई झण्डै झण्डै पधेर्नी शैलीमा गाली गरे त्यसदिन । ओलीले डेडिकेटड र ट्रंक लाइनको महसुल नतिरेका व्यापारीसँग निर्वाचनका लागि भन्दै मोटो चन्दा उठाउने तयारीमा बालुवाटार रहेको स्रोतको दावी छ । चन्दा उठाउने तयारी भइरहेको बेला टोपबहादुरले नै डेडिकेटड र ट्रंक लाइनको महसुलको विषयलाई प्रवेश गराएको भन्दै आलोचना मात्रै गरिएन, मन्त्रीबाट नै हटाइदिने धम्की आयो । खड्ग ओलीको धम्कीपूर्ण व्यवहार देखेपछि निराश भएर उनी फर्केको जानकारहरुको भनाइ छ । प्राधिकरणका अनुसार साहिल अग्रवालले मात्रै झण्डै अर्ब ५० करोड बराबरको महसुल तिर्न बाँकी छ ।

यस्तै अवस्था छ, पशुपति मुरारका र सतिशकुमार मोरको पनि । उनीहरुले समेत टोपबहादुरको निर्णयले आफूहरु मर्कामा परेको भन्दै बालुवाटार पुगेका थिए । साहिलले महसुल तिर्न नपरे १० देखि २० करोड बराबरको रकम चन्दा दिने बताएका थिए । पैसा गुम्ने भयो भन्ने चिन्ताले आकूल भएका विष्णु रिमालहरुको खप्कीले मानमर्दन भएको भन्दै टोपबहादुरले गुनासो गर्दै हिँडेका छन् । ओलीको खप्की नराम्ररी खाएपछि उनले निकटस्थहरुसँग भन्ने गरेका छन्, ‘प्रचण्डले कहिल्यै गाली गरेनन् ।

ओलीको ज्यादती सहन सकिँदैन् । अब कति दिन यसरी मानमर्दन सहेर जागिर खाने होला ?’ ओलीको उक्त धम्कीपछि प्राधिकरणको झण्डै १५ अर्ब बराबरको राजश्व गुम्ने अवस्था देखिएको छ । अघिल्लो पटक पनि वर्षमान पुनले डेडिकेटड र ट्रंक लाइनको महसुल उठाउन खोजेका थिए । ओलीकै कारण उत्तः महसुल उठाउन सकिएको थिएन । यस विषयमा रायमाभीलाई फोन गरेर थप बुझ्न र प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन् ।

प्रतिक्रिया दिनुहोस