काठमाडौं । नेपाली स्पिन बलर सन्दीप लाामिछानेमाथि बिहीबार भएको आईपीएलको अक्सनमा कुनै भाउ लागेन । उनले ४० लाख (भारु) बेस प्राइस राख्दै अक्सनमा आफ्नो नाम नेपाल क्रिकेट संघमार्फत लेखाएका थिए ।
पछिल्लो ३ सिजन दिल्ली क्यापिटल्ससँग आवद्ध उनी दिल्लीबाठट रिलिज भएपछि ‘मिनी अक्सन’ मा पगेका थिए । एसोसियट खेलाडी सूचीमा रहेका सन्दीपको नाम आउँदा चेन्नइमा भएको अक्सनमा कुनै टोलीले भाउ नलगाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
समाचारमा दक्षिी अफ्रिकीअलराउण्डर क्रिस मोरिस आइपीएलमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान रोयल्सले १६.२५ करोड भारुमा किनेको हो । यो सिजनको आइपीएल अप्रिलबाट सुरु हुने अनुमान छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०७ फागुन २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने