मोरिस १६.२५ करोडमा बिक्दा सन्दीप लामिछाने माथि भाउ लागेन

पत्रपत्रिकाबाट

शुक्रबार, ०७ फागुन २०७७, ०७ : ४३
मोरिस १६.२५ करोडमा बिक्दा सन्दीप लामिछाने माथि भाउ लागेन

काठमाडौं । नेपाली स्पिन बलर सन्दीप लाामिछानेमाथि बिहीबार भएको आईपीएलको अक्सनमा कुनै भाउ लागेन । उनले ४० लाख (भारु) बेस प्राइस राख्दै अक्सनमा आफ्नो नाम नेपाल क्रिकेट संघमार्फत लेखाएका थिए । 

पछिल्लो ३ सिजन दिल्ली क्यापिटल्ससँग आवद्ध उनी दिल्लीबाठट रिलिज भएपछि  ‘मिनी अक्सन’ मा पगेका थिए । एसोसियट खेलाडी सूचीमा रहेका सन्दीपको नाम आउँदा चेन्नइमा भएको अक्सनमा कुनै टोलीले भाउ नलगाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

समाचारमा दक्षिी अफ्रिकीअलराउण्डर क्रिस मोरिस आइपीएलमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान रोयल्सले १६.२५ करोड भारुमा किनेको हो । यो सिजनको आइपीएल अप्रिलबाट सुरु हुने अनुमान छ ।