डाचाराजको श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्षद्वय प्रचण्ड-माधव सर्लाही जाँदै

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, १० : ५५
डाचाराजको श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्षद्वय प्रचण्ड-माधव सर्लाही जाँदै

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवंम् सर्लाही इन्चार्ज डाचाराज वाग्लेको श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न आज पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सर्लाही जाँदैछन् ।

वाग्लेको तेह्रौ दिनको तिथिको अवसर पारेर श्रद्वाञ्जली सभाको आयोजना गरिँदैछ । श्रद्वाञ्जली सभाको आयोजना हुने दिनलाई मध्यनजर गर्दै सर्लाहीका तीनवटा स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएको छ । जिल्लाको हरिपुर, बागमती र बरहथवा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

स्व। वाग्लेले जिल्लाका लागि पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुखहरुले बताएका छन् । बिदा दिने बरहथवा र बागमतीका प्रमुख तत्कालीन माओवादीबाट जितेका हुन् भने हरिपुरका प्रमुख माधवकुमार नेपाल निकटका हुन् । हरिपुर नगरपालिका घर भएका वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका ९ स्थित नयाँरोड(बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा मृत फेला परेका थिए ।

उक्त दिन पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरी मोटरसाइकलमा फर्कँदै गर्दा ९ बजे वाग्ले मृत अवस्थामा फेला परेपछि नेकपाका नेताहरुले घटनाको छानबिनको माग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस