शेयर बजार

नेप्से परिसूचक १० दशमलव ६३ बिन्दुले ओरालो लाग्दा बजार प्रभावित

विहीबार, ०८ चैत्र २०७४, १६ : ०२
नेप्से परिसूचक १० दशमलव ६३ बिन्दुले ओरालो  लाग्दा बजार प्रभावित

 

काठमाडौं । केही दिनयता निरन्तर घटिरहेको नेप्से परिसूचक आज बिहीबार १० दशमलव ६३ बिन्दुले ओरालो लाग्दा शेयर बजार प्रभावित बनेको छ । बैंकहरुमा पर्याप्त नगद (तरलता) अभाव देखिएसँगै लगानीको रकम अभावमा शेयर बजार ओरालो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो लागेर २६०.४१ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेयर रु ४३ करोड ८२ लाख ५६ हजार १३४ मूल्यमा कारोबार भएको छ । स्टककाअनुसार नौवटै सूचक समेत ओरालो लाग्दा बजार प्रभावित भएको हो ।

आज बैंकिङ ३.९६, होटल ५९.४५, विकास बैंक १०.७९, जलविद्युत् २५.२४, फाइनान्स ०.८, बीमा १२०.७, उत्पादन ३३.०६, अन्य ५.२७ र माइक्रोफाइनान्स समूह १९.२५ बिन्दुले आरोलो लागेको छ । बुधबार पनि शेयर बजार २४.४० अंकले ओरालो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस