वाग्मती प्रदेशसभाको बैठक स्थगित

रासस

बुधबार, ०५ फागुन २०७७, ११ : ५२
वाग्मती प्रदेशसभाको बैठक स्थगित

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । आज सूचना जारी गर्दै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका सदस्यलाई बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी गराएका छन् ।

यसअघि माघ १९ गतेका लागि तय भएको प्रदेशसभाको बैठक विशेष कारण १८ गते राति नै सूचना जारी गरेर फागुन ५ गतेसम्मका लागि स्थगित भएको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। 

आज बस्ने बैठकमा उक्त विषयमा दलगत रुपमा धारणा राख्ने गरी बैठक तय भएको थियो । वाग्मती प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदूर किसान पार्टीको दुई र एक स्वतन्त्र सांसद गरी ११० जना प्रदेशसभाका सदस्य छन् ।
 

प्रतिक्रिया दिनुहोस