चितवनमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १३ : १४
चितवनमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम सम्पन्न

चितवन । नारायणगढ रोटरी क्लब र थारु कल्याणकारिणी सभा, चितवनको संयुक्त आयोजनामा माडीको बघौडा गाउँमा अवस्थित थारु सङ्ग्राहलयको प्राङ्गणमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा तीनसय पचासभन्दा बढी स्थानीयहरूको पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण, स्त्री तथा प्रशुती रोग, बाथ, हाड जोर्नी तथा नशा रोग, नाक कान घाँटी रोग एवम् छाती तथा पेटको रोग सम्बन्धी रोगहरूको स्वास्थ्य परीक्षण गरिनुकासाथै बिरामीहरूलाई निःशुल्क ओषधीहरू वितरण गरिएको नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन अनुकुल श्रेष्ठले बताए ।

स्वार्थ भन्दा माथी सेवाको भावना लिएर स्थापना भएको रोटरी क्लबले माडीमा यसभन्दा अगाडी पनि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको र विभिन्न स्थानहरूमा खानेपानी, सरसफाईका कार्यक्रमहरू लगाएत अन्य सामाजिक विकासका कार्यक्रमहरू सम्पन्न गरिसकेको संस्थापक अध्यक्ष निरञ्जन प्रधानले बताए ।

नारायणगढ रोटरी क्लबका सदस्य एवम् बालरोग विशेषज्ञ डा. स्वेता गुप्ता, नाक कान घाँटिका बरिष्ठ सर्जन डा. अपार पोखरेल, फिजीसियन डा. नवराज लामीछाने, स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा. पुष्प चौधरी, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रकाश कँडेल एवम् विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अस्मीता न्यौपाने लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको उक्त कार्यक्रममा सह–आयोजकहरूमा स्पाउजेज क्लब अफ आरसी नारायणगढ, रोट¥याक्ट क्लब अफ नारायणगढ, थारु कल्याणकारिणी सभा–क्षेत्र नं. १, मिडीया सहयोगीको रुपमा स्वदेश एफएम तथा स्वास्थ्य प्राविधिक सहयोगीहरूमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र एभरेष्ट अस्पताल प्रा.लि., भरतपुर रहेको कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ नारायणगढका प्रथम उपाध्यक्ष रोटरियन भोलानाथ लामिछानेले बताए ।

आयोजक संस्था थारु कल्याणकारिणी सभा, चितवनका अध्यक्ष ललित चौधरीले निःशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रममा अर्का आयोजक नारायणगढ रोटरी क्लब लगाएत अन्य सह–आयोजक संस्थाहरूकासाथै सम्पूर्ण चिकित्सक टोली एवम् स्वास्थ्यकर्मीहरूलाई माडीसम्म आएर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेकोमा हार्दिक आभार प्रकट गरे । कार्यक्रममा नारायणगढ रोटरी क्लबका निवर्तमान अध्यक्ष रोटरियन सुसनलाल प्रधान, स्पाउजेज क्लब अफ आरसी नारायणगढका अध्यक्ष मनसा थैव श्रेष्ठ, रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष रोट¥याक्टर सुष्मा गुरुङ लगाएत आयोजक तथा सह–आयोजक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस