राजाले हुर्काएका कम्युनिस्ट अहिले आफै राजा बने : काँग्रेस सभापति देउवा

मंगलबार, ०४ फागुन २०७७, ०७ : ३२
राजाले हुर्काएका कम्युनिस्ट अहिले आफै राजा बने : काँग्रेस सभापति देउवा

भैरहवा । कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको बताएका छन् । उनले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून् कुनै  मतलब नभएको सभापति देउवाले बताए  ।  कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेकपाको झगडाको तमासा हेर्न आफूहरूलाई फुर्सद नभएको बताए ।

अहिले मुलुक गम्भीर अवस्थामा पुगेको बताउँदै कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको बताए । ‘हामीलाई राजाले निकै दुस्ख दिए, कम्युनिस्टलाई राजाले हुर्काएका हुन्, उनले भने, ‘अहिले यिनै कम्युनिस्ट राजा बने ।’ नेकपाको आन्तरिक झगडाप्रति कांग्रेसलाई कुनै रुचि नभएको पनि सभापति देउवाले बताए ।

देउवाले जुलुसले प्रतिनिधिसभा विघटनको निर्णय जुलुसले नगर्ने पनि दोहोर्‍याएका छन् । ‘जुलुस हेरेर निर्णय गर्ने होइन, उनले भने, अदालतको निर्णय हामीलाई मान्य छ । अदालतभन्दा ठूलो अदालत जनता हुन् । विचाराधीन मुद्दामा यो गर, त्यो गरु भन्न नमिल्ने पनि उनले बताए । ‘अदालतको निर्णय कुरौँ, अनि पार्टीले के गर्ने तय गरौँला भनेको हुँ’, उनले भने, यस्तोभन्दा हाम्रा साथीहरु कोही के कोही के भनिरहेका छन् ।

निर्वाचन आयोगले पनि ढिलाई गर्नु रहस्यमय भएको भन्दै देउवाले आयोगको भूमिकामा पनि शंका व्यक्त गरे । संसद् विघटन भएको ६ महिनामा चुनाव गराइसक्नु पर्ने हो, तर आयोगलाई चासो नै छन, उनले भने, ‘किन आयोगले चुनावको कार्यतालिका ल्याउँदैन, शंका गर्ने बेला आएको छ । अदालतको निर्णय पर्खिने काम आयोगको होइन, आयोगले त चुनावको तयारी गर्नुपर्ने हो ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस