विप्लवले अगाडी सारे संयुक्त सरकार र जनमत संग्रहको प्रस्ताव

प्रतिनिधीसभा पूर्नस्थापना या चुनावको विकल्पमा वैकल्पिक संयुक्त सरकार र त्यही सरकारको अगुवाईमा पुजीवाद या वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गराएर निकास खोजि गर्नुपर्ने विप्लवको नयाँ प्रस्ताव सार्वजनिक भएको छ ।

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, ०७ : ३१
विप्लवले अगाडी सारे संयुक्त सरकार र जनमत संग्रहको प्रस्ताव

काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव)को पार्टीले अहिलेको संकट समाधानका लागि वैकल्पिक संयुक्त सरकारको प्रस्ताव अगाडी सारेको छ ।

सरकारसाग वार्ताका लागि हत्तारिएको विप्लव नेतृत्वको नेकपाले प्रतिवन्ध फुकुवा जसरी पनि गराउन सरकारसँग वार्तामा बस्न लागेको छ ।त्यसका लागि दुवै तर्फका नेताहरुका अनौपचारिक सम्बादहरु चलिरहेका छन् । अनौपचारिक प्रस्तावहरु पनि आदानप्रदान भईरहेको छ ।

त्यही क्रममा विप्लवको पार्टीले वैकल्पिक संयुक्त सरकारको प्रस्ताव अगाडी सारेको छ । प्रतिनिधीसभा विघटन पछिको विकसित राजनीतिक घटनाक्रम विश्लेषण गदै उक्त पार्टीले संसद पूर्नस्थापना र निर्वाचन दुवै विधिवाट अहिलेको संकटको समाधान नहुने र त्यसका लागि वैकल्पिक संयुक्त सरकारको अवधारणाबाट अगाडी जानुपर्ने पक्षमा विप्लवको पार्टीमा देखिएको छ ।

प्रतिनिधीसभा विघटन संसदीय पार्टीहरुको नकारात्मक परिघटना भएपनि त्यसबाट आफनो पार्टीले राजनीतिक फाइदा उठाउनु पर्ने विप्लवको पार्टीको राजनीतिक निश्र्कष छ ।  वैकल्पिक संयुक्त सरकारको विषयमा रणनीतिक संयुक्त मोर्चामा रहेका मोहन वैद्य (किरण) नेतृत्वको नकेपा क्रान्तिकारी माओवादी, विप्लवको नकेपा, ऋषि कटटेलको नेकपा र विश्व्भक्त दुलाल आहुतिको नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका वीचमा पनि समझदारी जुटेको बताईको छ ।

यी चार पार्टीको मोर्चा निर्माणका क्रममा यी राजनीतिक विकल्पका बारेमा पनि छलफल भई समझदारी बनेको स्रोतको भनाई छ ।

जनयुद्ध दिवसको अबसर पारेर विल्लवले जारी गरेको विज्ञेप्तीमा पनि त्यस भित्रको अन्र्तयमा वैकल्पिक संयुक्त सरकारको विषय उठेको छ । विप्लवले संसदीय ब्यवस्था या वैज्ञानिक समाजवाद भन्ने विषयमा जनताको सार्वभौम जनमतबाट निरुपण गर्नुपर्ने कुरा पनि उठाएका छन् । यो भनेको जनमत संग्रहको प्रस्ताव हो । विप्लवको पार्टीले संसदीय ब्यवस्थाको असफलतालाई विभिन्न पार्टीहरुले एक अर्काको पार्टीको पार्टी र गुटको असफलता बताउँदै कसैले पूर्नस्थापना र कसैले चुनावको विकल्प अगाडी सारेर संसदीय गोलचक्करमा घुमाउन चाहेका छन्। 

असफल भईसकेको संसदीय ब्इवस्था ले जनअपेक्षा अनुसारको निकास दिन नसक्ने देखिएको छ । यसको विकल्पमा वैकल्पिक संयुक्त सरकार गठन गर्नुपर्ने र त्यसै सरकारको नेतृतवमा सार्वभौमसत्ता सम्पन्न जनताको जनमतद्दारा पुजीवाद की वैज्ञानिक समाजवाद को फैसल्ला गर्नुपर्ने विप्लवले वक्तब्यमा भनेका थिए ।

सार्वभौम जनताको जनमतवाछ पुजीवाद की वैज्ञानिक समाजवादको फैसल्ला गर्नुपर्ने र त्यो वैकल्पिक संयुक्त सरकारको नेतृतवमा भन्नुको अर्थ नै जनमत संग्रहबाट खोज्नुपर्ने विप्लवको पार्टीले बताएको हो । पुजीवाद भनेर विप्लवले अहिलेको संसदीय ब्इवस्थालाई चित्रित गर्न खोजेका हुन् ।

उनले नेपालका कम्युनिष्ट पार्टीहरु पुजीवादमा रहन चाहान्छन् या समाजवादमा वहस केन्द्रीत गर्ने र धुव्रिक्रण गर्ने चलाखीका साथ यस्तो राजनीतिक नारा अगाडी सारेको देखिएको छ । यसमा सरकार पक्षले भने अहिलेसम्म ठोस जवाफ दिईसकेको छैन । तर वार्तामा लयाउन अनौपचारिक सम्वादमा भने लागेको छ ।

कमाण्ड संरचना खारेज
विप्लवको पार्टीले कमाण्ड संरचना भने खारेज गरेको छ । प्रतिनिधीसभा विघटन पछि बसेको वैठकले पार्टीका कमाण्ड संरचना खारेजको निर्णय लिएको थियो । पार्टीका प्रभावशाली नेताहरु र कमाण्डको नेतृत्व सम्हालेका नेताहरु नै पछिल्लो पटक सरकारको नियन्त्रणमा पर्न थालेपछि विप्लवको पार्टीले कमाण्ड संरचना खारेज गरेको हो । कमाण्ड संरचना खारेज गरेपनि ब्यूरोको संरचना भने कायमै राखेको छ ।

विप्ल्वको पार्टीको पूर्वी, पश्चिम , मध्यपश्चिम मध्य र सुदुरपश्चिम गरेर ५ ओटा कमाण्ड थियो । मध्यपश्चिमका इन्चार्ज चन्द्रवहादुर चन्द (विरजंग) सुदुरपश्चिमका कमाण्ड इन्चार्ज धर्मेन्द्र वास्तोला पक्राउ परेका छन् ।