इजलासमा मुक्का हानाहानमा

पत्रपत्रिकाबाट

मंगलबार, ०४ फागुन २०७७, ०६ : ४५
इजलासमा मुक्का हानाहानमा

काठमाडौँ जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा भएको छ ।

न्यायाधीशकै सामुन्ने भएको मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन्  नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला र शर्माबीच हात हालाहाल भएको हो ।

अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको बेहोरालाई लिएर शर्मा र बाँस्तोलाबीच हात हालाहाल भएको हो । अदालतका स्रेस्तेदार भीमबहादुर निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले भने, “घटना भएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो ।

सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो । झगडाले केही समय अन्य इजलास पनि प्रभावित भएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस