एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले एलाभेसलाई पराजित गर्दै शानदार जित निकालेको हो । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ५–१ ले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा माचाडो ट्रिन्काओ र लियोनल मेस्सीले दुई–दुई तथा फिर्पोले एक गोल गरे । एलाभेसका लागि रिओजाले एक गोल फर्काए ।
माचाडोले २९ र ७४ औँ तथा मेस्सीले पहिलो हाफको इन्जुरी समयको पहिलो तथा ७५ मिनेटमा र फिर्पाले ८० औँ मिनेटमा गोल गरेका हुन् ।
एलाभेसका लागि रिओजाले ५७ औँ मिनेटमा एक गोल फर्काए । जितपछि दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २२ खेलबाट ४६ अंक भएको छ । समान खेलबाट समान ४६ अंक नै भए पनि रियल मड्रिड तेस्रो स्थानमा झरेको छ । शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले ग्रानाडालाई २–१ ले पराजित गरेको छ । एथ्लेटिकोको २१ खेलबाट ५४ अंक छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ फागुन २०७७, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा