काठमाडौं । सरकारले आइतबारदेखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु गरेको छ। फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब २ सय खोप केन्द्रबाट खोप दिइनेछ। खोप कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेभित्र दिइनेछ।
उपत्यकाका १७ स्थानबाट खोप दिइनेछ। जसमा काठमाडौं जिल्लाभित्र राष्ट्रिय आयुर्वेद अस्पताल कीर्तिपुर, सशस्त्र अस्पताल बलम्बु, वीरेन्द्र अस्पताल छाउनी, शुक्रराज सरुवा रोग अस्पताल टेकु, प्रसूति गृह थापाथली, वीर अस्पताल रत्नपार्क, प्रहरी अस्पताल लाजिम्पाट, टिचिङ अस्पताल महाराजगन्ज, गंगालाल हृदयकेन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल गोकर्णेश्वर, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल छन्।
यस्तै, भक्तपुरको जिल्ला अस्पताल भक्तपुर र कोरियन अस्पताल ललितपुरमा पाटन अस्पताल, क्रिष्ट मेडिकल कलेज र आनन्द वन अस्पताल छन्। नागरिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०२ फागुन २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन