काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू अहिले एउटै पार्टीमा नरहेपनि मुद्दाको मोर्चामा एउटै ठाउँमा रहेको बताएका छन् ।
डा. बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको शनिबार काठमाडौँमा भएको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आफू र बाबुराम भट्टराईबीचको सहकार्य र सम्बन्धको चर्चा गर्दै गुमनाम आमाहरुको कथाका पात्र, विश्लेषण र कथाले आफूलाई गम्भीर संश्लेषण गर्नुपर्नेतिर डोर्याएको महशुस भएको बताए ।
‘बाबुराम जी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकै ठाउँ छौँ । हजारौं सहिद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन्’, प्रचण्डको भनाइ छ ।
संविधान संशोधन गर्न आफूले दुई पटक प्रस्ताव दर्ता गराएको भन्दै जनताले आफ्ना प्रतिनिधिमार्फत जारी गरेको संविधानको मुल मर्ममाथि अहिले प्रधानमन्त्री केपी ओलीले प्रहार गरेको बताए ।
प्रचण्डले लामो समयको संघर्षबाट प्राप्त उपलव्धि खोस्ने प्रयास भएको भन्दै ऐतिहासिक जिम्मेवारी थपिएको बताए । उनले संविधान पुर्ण भएको भन्न नसक्ने भन्दै संविधानमा समावेसी,समानुपातिक, लोकतन्त्रको प्रत्याभुति गर्नु राम्रा पक्ष पनि रहेको बताए । ‘शिक्षा, स्वास्थ्य जस्ता कुराहरु मौलिक हकका रुपमा राखिएको छ’, प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ फागुन २०७७, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी