काठमाडौं । काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकल सहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्ग रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
पक्राउ गरि तीनै जना माथि अनुसन्धान एवम् सोधपुछ गर्दा चोरीका मुख्य नाइके मकवानपुरको थाहा नगरपालिकाका निरश थिङलाई पनि पक्राउ गरिएको उनले बताए ।
मोटरसाईकल चोरीका सूचनाहरु प्राप्त भए सँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापूर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । विशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाइकल सहित पक्राउ हुने क्रम बढेको छ ।
यही क्रममा माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिइ मोटरसाइकल चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागि विभिन्न बृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ फागुन २०७७, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
कागजपत्र नभएका ४ जिप र १२ मोटरसाइकल बरामद
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते