स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

रासस

शुक्रबार, ३० माघ २०७७, २१ : ०५
स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

काठमाडौं । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।

प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो । 

स्कारपियो गाडी ठक्करबाट गम्भीर घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस