काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा आफ्नो दल केही नबोल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागद्वारा बिहीबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले जुलुस र नारा लगाएर अदालतलाई दबाब दिन नमिल्ने बताएका हुन् ।
अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्नै नमिल्ने धारणा राख्दै देउवाले जुलुस हेरेर फैसला गर्ने भए अदालत किन चाहियो भन्ने प्रश्न गरे । ‘जसले ठूलो जुलुस ल्याउँछ, उसकै काम गर्नुपर्यो । ओली ९केपी ओली०को जुलुस ठूलो कि प्रचण्ड९पुष्पकमल दाहाल०को जुलुस ठूलो हेर्नुपर्यो,’ देउवाले भने, ‘अदालतलाई यही गर भन्न नमिल्दैन । त्यस्तो काम हामी गर्दैनौं ।’
संविधान र कानुनमा जे भनेको छ, अदालतले त्यसकै आधारमा व्याख्या र फैसला दिने बताउँदै कांग्रेस सभापति देउवाले त्यसलाई पार्टीले मानेर अघि बढ्ने बताए । संसद् पुनःस्थापना भए वा निर्वाचनमा जान अदालतले आदेश दिए पनि त्यसका लागि कांग्रेस तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई देउवाले निर्देशन दिए । ‘अदालतको कुरामा हामी केही नगरौं । दुबैका लागि तयार होऔं,’देउवाले भने, ‘संसद पुनस्र्थापना भए भूमिका खेलौंला, निर्वाचन भए चुनावमा जाउँला ।’
निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्दै देउवाले संसद् पुनःस्थापना भए पनि अबको डेढ वर्षमा मुलुक चुनावमा जाने बताए । पार्टीले गरेको समावेशी व्यवस्थाका बारेमा सबै समुदायको तल्लोस्तरमा पुगी त्यसको प्रचार गर्न र पार्टीको पक्षमा जनमत सिर्जनामा सक्रिय हुन पनि देउवाले नेता तथा कार्यकर्तालाई आग्रह गरे । नागरीक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० माघ २०७७, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा