प्रचण्डको एउटै अभिब्यक्तिले किन मच्चियो बालुवाटारमा खैलाबैला?

सफल खबर संवाददाता

शुक्रबार, ३० माघ २०७७, ०८ : ३५
प्रचण्डको एउटै अभिब्यक्तिले किन मच्चियो बालुवाटारमा खैलाबैला?

बिष्णु अधिकारी
काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डको एउटा अभिब्यक्तिले यतिबेला वालुवाटारमा भूकम्प गएको छ । प्रधानमन्त्री केपी ओली र उनको समुहमा प्रचण्डको अभिब्यक्तिले विहिवार दिनभर खैलावैला नै मच्चाएको छ । प्रधानमन्त्री ओलीले आफनै नीजि सचिवालयका केही सल्लाहकारलाई राखेर प्रचण्डले दिएको अभिब्यक्तिभित्रको आफ्नै क्याविनेटभित्रका त्यस्ता पात्र को होलान् ? भन्ने विषयमा गम्भिर मन्थ्थन भएको बालुवाटार स्रोतले बताएको छ ।

प्रचण्डले बुधबार नेपालको बुहुमत पक्षले प्रधानमन्त्री ओलीको असम्वैधानिक कदमका  बिरुद्ध आयोजना गरेको विराधे प्रर्दशन र प्रतिनिधीसभा पूर्नस्थापनाको पक्षमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली अझै भ्रममा रहेको र उनकै क्याविनेटका दुई जना मन्त्री आफुसाग अझै बार्तामा रहेको बताएका थिए ।त्यसपछि ओली र उनको क्याम्पमा भूकम्प गएको हो ।

के भनेका थिए प्रचण्डले ?

तपाईले गल्ती गर्नुभयो केपी जी । केपी जी तिर लागेका मान्छेहरुको र्फिकन लाम लाग्न थालेको छ । नाम लिने हो भने लामैं चाङ लाग्छ । ओली जी भ्रममा हुनुहुन्छ । उनले बनाएका दुई जना मन्त्री नै फर्किनका लागि म साग बार्तामा हुनुहुन्छ । ओली जी अझै पनि भ्रममा बसिरहनु भएको छ । अबा कोही कन्फूयूजन पर्नुपदैन ।

 प्रचण्डको  बुधबारको सभामा ब्यक्त भएको यही अभिब्यीक्तले बुधबार साझ बाटै बालुवाटारमा हल्लीचल्ली मच्चिएको थियो । आफुतिर खुलेर केही कार्यक्रममा समेत लागिसकेका विघटित प्रतिनिधीसभाका सदस्य समिना हुसेनले ओली क्याम्प छोडेर अघिल्लो दिनमात्रै प्रचण्ड माधव नेपाल समुहमा फर्केकी थिइन् ।कतै भित्रभित्रै आफ्नै क्याविनेका केही मन्त्रीले प्रचण्डले भने जस्तै साच्चै फर्किन बार्तामै बसिसकेका छन त ? अनेक कोणवाट वालुवाटारमा ओली र उनका नीजि सल्लाहकारका वीचमा छलफल चल्यो ।

त्यसपछि केही पूर्व माओवादी धारका नेताहरुलाइृ आशंकाका दृष्टिले हेर्ने क्रम चल्यो । वालुवाटारमा खैलावैला मच्चियो । को मन्त्री हुन्, प्रचण्ड नेपाल समुहतिर फर्किन प्रचण्डसँग बार्तामा वस्न लागेका ? वालुवाटारले केही मनत्रीहरुलाई आशंका पनि ब्यक्त गरेर हेरे ।

बालुवाटार स्रोतका अनुसार, बालुवाटारले पूर्व माओवादी समुहकै तीन जना मन्त्रीलाई आशंकाले हेर्ने प्रयास गरे । त्यसमध्येका थिए, गृहमन्त्री रामवहादुर थापा (बादल) उर्जामन्त्री टोपवहादुर रायमाझी र खेलकुद मनत्री दावा तामाङ । गृहमन्त्री थापा नवोलेपनि पछिल्लो समय ओलीसँग असन्तुष्ट देखिदै आएका थिए । उनको असन्तुष्टि ओलीले जुन जिम्मेवारी दिने भनी उनलाई ओली क्याम्पमा खुलाएका थिए, त्यो जिम्मेवारी नदिईएको, ओलीको सभामा रहेपनि मन प्रचण्ड नेपालतिर राखेर शरीरमात्र ओलीतिर खुलाएको र भाषण पनि अलमलमै रहेको मात्र दिईरहेको , वादलले प्रस्ताव गरेका कतिपय नियुक्तिहरु नभएको र उनलाई थाहै समेत नदिई पार्टी कमिटि फर्मेसनहरु हुन थालेकोले पछिल्ला दिनमा वादललाई वेकारमा ओली क्याम्पमा लागिएछ भन्ने लागेकै थियो ।

त्यही भएर कतै बादल प्रचण्डसँग छलफलमा त छैनन ?बालुवाटारमा खैलाबैला मच्चिएको थियो । त्यसपछि उनीहरुले अर्का मन्त्रीमा शंका गरे, उर्जामन्त्री रायमाझीलाई । पूर्व माओवादी धारमै रमाउन रुचाउने रायमाझी पो हो की ? या खेलकुद मनत्री दावा तामाङ ? श्रीमति प्रचण्ड नेपाल समुहमा रहेका कारण उनी पनि उत्तै जान पो थाले की ?बालुवाटारले एउटा पछि अर्काेका बारेमा शंकाले हेर्न थाल्यो ।

घुमाउरो शैलीमा ति मन्त्री र उनका सचिवालयमा आशंकाले हेरिएको सन्देश पनि पुयाइयो । त्यसपछि भने प्रचण्डको अभिब्यक्तिको खन्डन गर्न बालुवाटारभित्रैवाट ति आशंकित मन्त्रीका सचिवालयमा सन्देश पुग्यो । पूर्व माओवादीका नेता तथा आशंकित मन्त्रीका तर्फवाट त्यसपछि उर्जामन्त्रीको स्वकिय सचिव लिला जिसिका नाममा वक्तब्य नै दिनुपर्ने अवस्था निम्तिएको छ ।

 

प्रतिक्रिया दिनुहोस