काठमाडौं । कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।
भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै आएको हो । सो अभियानअन्तर्गत अब कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाइने भएको छ ।
यसअघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई खोप लगाइसकिएको छ । अब भने कर्मचारी, जनप्रतिनिधि, एम्बुलेन्स, र शववाहक चालकलगायतलाई खोप लगाउन लागिएको हो । हालसम्म १ लाख ८४ हजार फ्रन्टलाइनरले खोप लगाइसकेका छन् ।
पहिलो मात्रास्वरूप ४ लाख ३० हजार जनालाई लगाउने लक्ष्य तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, दुई फागुनदेखि आठ फागुनसम्म कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिइने भएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० माघ २०७७, ०६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप