रामकुमारी झाँक्रीलाई आजै रिहा गर्ने तयारी

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १८ : २२
रामकुमारी झाँक्रीलाई आजै रिहा गर्ने तयारी

काठमाडौँ । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई आजै रिहा गर्ने तयारीमा प्रहरी रहेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर बिहीबार दिउँसो पक्राउ परेकी झाँक्रीलाई छाड्ने तयारी प्रहरीले गरेको छ । 

झाँकीलाई जहाँबाट गिरफ्तार गरिएको हो त्यहीं पुर्‍याइदिन उनका समर्थकले प्रहरीसमक्ष अडान राखिरहेका छन् । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको कडा आलोचना भइरहेको छ ।

महानगरीय प्रहरी महाशाखा पुगेका प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईलाई महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई आफ्नो रोहवरमा बुझेर लैजान आग्रह गरेका थिए । भट्टराईले भने राज्य विरुद्धको कसूर लगाएर पक्राउ गरिसकेकाले व्यक्तिगत रुपमा जिम्मा लिन इन्कार गरे । झाँक्रीलाई निशर्त छाड्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस