नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि  समर्थकले गरे नाराबाजी

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १२ : २७
नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि  समर्थकले गरे नाराबाजी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुले नाराबाजी गरेका छन् । 

नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोली पक्राउ गर्न बानेश्वर पुगेपछि जम्मा भएका समर्थकहरुले नाराबाजी र प्रदर्शन गरेका हुन् । अहिले झाक्रीको निवासमा नाराबाजी भइरहेको छ भने सादा पोशाकका प्रहरी पनि छन् ।

‘उनीहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाक्री हाईहाई, केपी तिम्रो पाराले दुख पायो साराले’ भन्ने नारा लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस