काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्ने छन् । यस्तै आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र विराटनगर महानगरपालिका आमनेसामने हुँदैछन् ।
वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । दुबै टिम जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चौदण्डी भने अंक विहीन रहदै पुछारमा रहेको छ ।
आर्मी र विराटनगरबीचको खेल अपराह्न ३ बजे हुनेछ । आर्मी विराटनगरलाई हराउँदै उपाधि होड कायमै राख्न चाहन्छ । आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०७७, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने