काठमाडौँ । महोत्तरी प्रहरीले डाँका अभियोगमा चार युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बलवा नगरपालिका–७ बस्ने ३८ वर्षीय विक्रु महतो कोइरी, २५ वर्षीय निरेखन मण्डल, जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय जीतेन्द्र ठाकुर र महोत्तरी गाउँपालिका–३ बस्ने २० वर्षीय दिलीप मण्डल रहेको प्रहरीचौकी सीतापुर भङ्गहाले जनाएको छ ।
चारै युवकले आज बिहान १ः३० बजेतिर भङ्गहा नगरपालिकाको सिंग्याही बजारमा अवस्थित शिव ज्वेलर्समा डाँका हालेर भागेकोमा स्थानीयले एक जनालाई गए राति नै पक्राउ गरेका थिए । डाँकापश्चात् भागिरहेका तीन जनालाई आज जिल्लाकै बनौटा गाउँबाट पक्राउ गरिएको हो । पक्राउ परेका चारमाथि शिव ज्वेलर्सबाट रु दुई लाख बराबरको सुनचाँदीका गहना लुटेर भागेको आरोप लागेको छ ।
उनीहरुबाट अहिलेसम्म कुनै वस्तु बरामद नभएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । पक्राउ गरिएका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ माघ २०७७, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ