काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जनताको आवाज नसुनिए शानितपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै शर्माले शान्तिपूर्ण आन्दोलनबाट आफूहरुका माग नसुनिए जनता बाध्य भएर विद्रोहमा जान सक्ने उनको भनाइ थियो ।
सभामा उनले भने, ‘शान्तिपूर्ण आन्दोलन गरिरहेका जनता विद्रोहमा उत्रिन्छन् र संघीयता विरोधीलाई समाप्त पार्नेछन् ।’ ओलीहरुले ओम्नीहरुलाई संरक्षण गरिरहेको उनको आरोप थियो ।
उनले समावेशी समानुपातिक अधिकार बोलीमा सीमित गर्ने, मौलिक अधिकारलाई नारा मात्रै बनाउनेविरुद्ध निरन्तर आन्दोलन गर्नुपर्ने भन्दै पार्टीभित्रको लोकतन्त्रलाई पनि मजबुत बनाइनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०७७, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा