कोरोना भाइरस संक्रमणविरुद्ध खोप ल्याउन हालसम्म तीन वटा कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दर्ता गराएका छन् । एउटा कम्पनी भने निवेदन दर्ताको प्रक्रियामा छ ।
अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप, भारतस्थित बायोटेक कम्पनीको कोभ्याक्सिन र रुसले उत्पादन गरेको स्पुतानिक भीका लागि निवेदन दर्ता भइसकेको छ । चिनियाँ कम्पनीको सिनोफमले भने दर्ताका लागि प्रक्रिया अघि बढाएको छ ।
अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपले अनुमति पाइसकेको छ ।
सो खोप भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप १० लाख मात्रा उपलब्ध गराएको थियो । राजधानी दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ माघ २०७७, ०६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप