बैंक अफ काठमाण्डूका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, १६ : ४०
बैंक अफ काठमाण्डूका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

सम्झौतापश्चात् ग्राहक महानुभावहरुले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउनेछन् । डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस