बिहारमा नेपाली बालिकाको बलात्कार पछि हत्या

पत्रपत्रिकाबाट

सोमबार, २६ माघ २०७७, ०८ : ३०
बिहारमा नेपाली बालिकाको बलात्कार पछि हत्या

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । नागरिक दैनिकले बीबीसीलाई उदृत गर्दै बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको खबर छापिएको छ । 

प्राथमिक जाँच र एक भाइरल अडियोका आधारमा पूरै धटनामा स्थानीय प्रहरी चौकीका प्रमुख सहयोगीका रुपमा रहेको देखिएको छ । एसपी नवीनचन्द्र झाको भनाइ उदृत गर्दै भाइरल भएको अडियोमा थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही देखिएको जनाइएको छ । रञ्जनलाई निलम्बन गरिएको र उनका विरुद्ध एफआईआर दर्ता गराइने एसपी झाले बताएका छन् । 

मृतक बालिकाका बाबु नेपालको बर्दिया स्थित बर्दिया नगरपालिकाका स्थायी बासिन्दा रहेको समाचारमा उल्लेख छ । घटना २१ जनवरीको भएको बताइएको छ ।