१६ वर्षपछि विद्युत् प्राधिकरण डेढ अर्ब नाफामा

बुधबार, ०७ चैत्र २०७४, १० : १७
१६ वर्षपछि विद्युत् प्राधिकरण डेढ अर्ब नाफामा

आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो । गत वर्ष १ अर्ब ५० करोड बराबर घाटा हुने अनुमान गरिएको थियो भने गत भदौमा सम्पन्न प्राधिकरणको वार्षिकोत्सवमा ९७ करोड ८९ लाख घाटा देखाइएको थियो ।

तर, प्राधिकरणको अन्तिम लेखापरीक्षणका क्रममा आश्चार्यजनक नतिजा देखिएको छ । दोस्रो आर्थिक पुनर्संरचना २०७३-०७४ पछि समायोजन गरिएका आधारमा विवरण तयार भएको र वित्तीय विवरणबारे अन्तिम प्रतिवेदन बाँकी रहेकोले केही संशोधन हुनसक्ने प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो ।

गत वर्ष १ अर्ब ५० करोड बराबर घाटा हुने अनुमान गरिएको थियो भने गत भदौमा सम्पन्न प्राधिकरणको वार्षिकोत्सवमा ९७ करोड ८९ लाख घाटा देखाइएको थियो  । तर, प्राधिकरणको अन्तिम लेखापरीक्षणका क्रममा आश्चार्यजनक नतिजा देखिएको छ । दोस्रो आर्थिक पुनर्संरचना २०७३-०७४ पछि समायोजन गरिएका आधारमा विवरण तयार भएको र वित्तीय विवरणबारे अन्तिम प्रतिवेदन बाँकी रहेकोले केही संशोधन हुनसक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७३-०७४ मा प्राधिकरण १ अर्ब ५१ करोड रुपैयाँ नाफामा गएको जानकारी दिए ।

“अघिल्लो वर्ष ५२ अर्ब १० करोड बराबर आम्दानी भएकोमा खर्च ५० अर्ब ६० करोड रुपैयाँमात्र भएर नाफामा गएको हो,” उनले भने । प्राधिकरणको तथ्यांकअनुसार आव २०७२-०७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड रुपैयाँ बराबर घाटामा थियो । विद्युत् महशुल वृद्धि, चुहावट न्यूनीकरण, आन्तरिक उत्पादनमा भएको वृद्धिका साथै विदेशी मुद्रामा विद्युत् खरिद सम्झौता भएको ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना जुरे पहिरोपछि सञ्चालनमा नआइ डलरमा भुक्तानी गर्नुपर्ने अवस्था नआउनुलगायतलाई प्राधिकरणको आम्दानी बढ्नु र घाटा कम हुनुको कारणको रूपमा लिइएको छ । २७ अर्ब अपलेखनपछि आव २०६८-०६९ मा ९ अर्ब ५० करोड घाटा रहेको प्राधिकरणको घाटा ११ वर्षपछि विद्युत् महशुल वृद्धि भएसँगै २०६९-०७० मा ३ अर्ब ४१ करोड रुपैयाँमा झरेको थियो ।

तर, त्यसपछि निरन्तर प्राधिकरणले घाटा बेहोर्दै आएको छ । प्राधिकरणका अनुसार २०७०-०७१ मा ६ अर्ब ८१ करोड र २०७१-०७२ मा ५ अर्ब १३ करोड घाटा थियो । १ खर्ब १० अर्ब ६० करोड दीर्घकालीन ऋण भएको विद्युत् प्राधिकरणको खुद सम्पत्ति ९० अर्ब ३४ करोड रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उनका अनुसार प्राधिकरणले सहायक कम्पनीलगायतमा सेयर र ऋण गरी २५ अर्ब ८५ करोड बराबरको लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस