सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो ।
उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
अधिकृत कँडेलका अनुसार माघ १५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको उनले बताए ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरिरहेको महाशाखाले जनाएको छ ।यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या ३१ पुगेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०७७, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट एक महिलाको मृत्यु
विषालु सर्पले टोकेर एक महिलाको मृत्यु
गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु
दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु
कैलालीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु
ट्रकको ठक्करबाट अमेरिकामा नेपाली महिलाको मृत्यु