चन्द्रागिरीको सेयर आजबाट खुल्यो, पहिलो कारोबार प्रतिकित्ता १ सय ६१ रुपैयाँमा

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १२ : ३५
चन्द्रागिरीको सेयर आजबाट खुल्यो, पहिलो कारोबार प्रतिकित्ता १ सय ६१ रुपैयाँमा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार आइतबारबाट खुला भएको छ । चन्द्रागिरीको पहिलो कारोबार प्रतिकित्ता १ सय ६१ रुपैयाँमा भएको छ । चन्द्रागिरीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकेको थियो।

सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार भएको हो । ‘सीजीएच’ संकेतमा यसको कारोबार भएको छ । गत शुक्रबार चन्द्रागिरीको  १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस