राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

रासस

आइतबार, २५ माघ २०७७, १२ : ०२
राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण अन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । 

विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अङ्क दूरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ । विराटनगरले हालसम्म छ खेलमा १० अङ्क जोडेको छ । विराटनगर तेस्रो स्थानमा छ । चन्द्रपुर प्रतियोगितामा दोस्रो जितका लागि प्रयास गर्नेछ भने लिगको छैटौँ स्थानमा रहेको चन्द्रपुरको छ खेलबाट तीन अङ्क छ ।

    यसैगरी दोस्रो खेल नेपाल पुलिस क्लब र वालिङ नगरपालिबीच हुनेछ । चौथो स्थानमा रहेको पुलिस क्लब जित निकाल्दै तेस्रो स्थानमा उक्लिने प्रयास गर्नेछ । वालिङ पनि खेल जितेर आफ्नो स्थान सुरक्षित राख्ने प्रयासमा रहने छ । पुलिस आठ अङ्क जोडेर लिगको चौथो स्थानमा छ भने वालिङ आठ अङ्कका साथ लिगको पाँचौं स्थानमा छ । सो खेल दिउँसो तीन बजे शुरु हुनेछ । 

    प्रतियोगितामा मोरङको विराटनगर महानगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, स्याङजाको वालिङ नगरपालिका, उदयपुरको चौदण्डगढी नगरपालिका, नेपाली सेनाको  त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहभागी रहेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस