काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण हाल कायम रहेको बदली आइतबारदेखि हट्दै गएको छ ।
गोरखापत्र दैनिकका अनुसार हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुँदै गएको र आइतबारदेखि मौसम सफा हुँदै जाने छ ।
शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको थियो । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको थियो ।
शनिबार राति हिमाली भेगमा हल्का हिमपात भए पनि अन्यत्र सामान्य बदलीको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ माघ २०७७, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव कायमै
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका धेरै स्थानमा बाक्लो हुस्सु
आज कस्तो रहला देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?