काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री वर्षमान पुनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताउनुभएको छ ।
नेपाला कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौति भएको बताउनुभयो ।
पाँच वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको चर्चा गर्दै पूर्वमन्त्री पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने टिप्पणी गर्नुभयो ।
पार्टीले पाँच वर्षका लागि प्राप्त गरेको मतको अपमान भएको बताउँदै पूर्वमन्त्री पुनले फरक मतलाई समेत सम्मान गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएकामा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कम्युनिष्ट पार्टी अझै पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने र त्यसको विकल्प भनेको संसद् पुनःस्थापना भएको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले संसद् पुनःस्थापनाको विरोधमा सबै दलबीच संयुक्त आन्दोलनको खाँचो रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ माघ २०७७, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह