काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन उठाउने प्रयास भए पनि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको चरित्रका कारण सफल हुन सकेको छैन । नेकपाको संस्थापन पक्ष प्रचण्ड नेपाल समूहले पटक पटक काँग्रेसलाई संयुक्त जनआन्दोनल निर्माणका लागि आग्रह गरेको छ ।
तर देउवा ओलीले केही दिन्छन् कि भन्दै बालुवाटारतिर लोभी नजर लगाएर बसेका छन् । संविधान रहेको अवस्थामा भोलि पनि निर्वाचन हुन्छ । संसद् बन्छ । निर्वाचनमा जित्न सकिन्छ । तर देउवा यतिखेर काँग्रेसको दुवै हातमा लड्डु छ भन्दै आन्दोलनमा जान हिच्किचाइरहेका छन् । उनले आफू पनि ओलीसँगै सकिने कि नेपाली जनताका बीचमा पुनः आफूलाई लोकतन्त्रवादी नेताका रूपमा स्थापित गर्ने महत्त्वपूर्ण अवसर आएको छ । नेकपा, नेपाली काँग्रेस, मधेस केन्द्रित दल, आदिवासी जनजाति तथा नागरिक समाजको साझा मोर्चा बनाएर प्रतिगमनविरुद्धको आन्दोलन अगाडि बढाउन जनस्तरबाट दबाब बढ्दै आएको छ ।
संविधान मिचिएको विषयमा आफ्नो धारणा नराख्ने, नबोल्नेलाई भोलि इतिहासले क्षमा दिने छैन । २०६२ सालमा पनि तत्कालीन प्रमुख सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)को पहलमा नै संयुक्त जनआन्दोलन पैदा भएको थियो । सबै दल तथा समूह मिल्दा मात्रै नेपाली जनताले पनि साथ दिएका थिए । सोही जनबलमा मात्रै ज्ञानेन्द्र शाहले जनताका सामु घुँडा टेकेका थिए । पछिल्लो पटक जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले फागुनको दोस्रो सातादेखि संयुक्त जनआन्दोलनले अकार लिने बताएका छन् । उनले संयुक्त आन्दोलनका लागि सबै पक्षका बीचमा साझा अवधारणासमेत बनाउनुपर्ने बताएका छन् ।
उनीहरूले संयुक्त जनआन्दोलनका लागि सबैलाई आग्रह गरिरहेका छन् । यस्तो अवस्थामा नेपाली काँग्रेसले तत्काल निर्णय गरोस् र जनताको पक्षमा उभियोस् । संविधान रहे व्यवस्था रहन्छ । व्यवस्था रहे भोलि हुने निर्वाचनमा जित हासिल गर्न सकिन्छ । तत्कालको फाइदा हेरेर अवसरवादी चरित्र देखाएर काँग्रेसले आफूलाई अनदेखा नगरोस् । किनकि ओलीको प्रतिगमनविरुद्ध दीर्घकालीन कार्ययोजनासहित संयुक्त जनआन्दोलन निर्माण गर्नु आजको प्रमुख कार्यभार हो । केही भएको छैन, प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन् भनेर बसेको खण्डमा त्यसले क्रमशः व्यवस्था नै सकाउने छ ।
उनले सबैको सामूहिक प्रयासबाट मात्रै ओलीको प्रतिगमनलाई परास्त गर्न सकिने बताईरहेका बेला नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले समेत संयुक्त आन्दोलनका लागि नेपाली काँग्रेसलाई आग्रह गरेको छ । ती दलले छुट्टाछुट्टै रूपमा आन्दोलन त गरिरहेका छन् । तर त्यसले जनतालाई पूर्ण रूपमा उद्देलित गर्न सकेको छैन । ओली गिरोह र पूर्व राजावादीहरू मात्रै ओलीको पछिल्लो कदममा खुसी भएका छन् । त्यसबाहेक सारा नेपाली जनता प्रतिगमनका विरुद्ध उभिएका छन् ।
उनीहरूले संयुक्त जनआन्दोलनका लागि सबैलाई आग्रह गरिरहेका छन् । यस्तो अवस्थामा नेपाली काँग्रेसले तत्काल निर्णय गरोस् र जनताको पक्षमा उभियोस् । संविधान रहे व्यवस्था रहन्छ । व्यवस्था रहे भोलि हुने निर्वाचनमा जित हासिल गर्न सकिन्छ । तत्कालको फाइदा हेरेर अवसरवादी चरित्र देखाएर काँग्रेसले आफूलाई अनदेखा नगरोस् । किनकि ओलीको प्रतिगमनविरुद्ध दीर्घकालीन कार्ययोजनासहित संयुक्त जनआन्दोलन निर्माण गर्नु आजको प्रमुख कार्यभार हो । केही भएको छैन, प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन् भनेर बसेको खण्डमा त्यसले क्रमशः व्यवस्था नै सकाउने छ ।
त्यसकारण तत्काल संयुक्त जनआन्दोलनको मैदानमा संयुक्त राजनीतिक कार्ययोजनासहित प्रतिबद्ध भएर लाग्नु नै आजको प्रमुख कार्यभार हो । राजनीतिक विश्लेषकहरू भन्छन्, अब राजनीतिक प्रणालीमा देखिएका कमी तथा कमजोरीसमेत सुधार गर्ने कार्ययोजनाका साथ आन्दोलनको आँधीबेहरी सिर्जना गर्नु जरुरी छ । त्यसका लागि सबैको साथ र सहयोगका अलावा राजनीतिक प्रतिबद्धतासमेत जरुरत पर्दछ । अब कुनै पनि बहानाले चल्दैन । नेपाली जनताले बहाना स्वीकार गर्दैन् । किनकि नेपाली जनताको चेतना राजनीतिक नेतृत्वको भन्दा अगाडि नै हुन्छ । यो विगतमा पनि देखिएको हो । अहिले पनि देखिएको नै छ । किनकि जनता नै परिवर्तनका खास संवाहक शक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०७७, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग भेट गर्न पूर्णबहादुर र गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा
संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने
राजीनामाको दवावमा रहेका गृहमन्त्रीलाई देउवाले धाप मारेपछि ...
देउवाले बोलाए पदाधिकारी बैठक
शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
गभर्नर नियुक्ति छिट्टै हुन्छ: देउवा